यो मन त मेरो नेपाली हो


गुइग्याम्पकाे पाेस्टमा पिएसजीकाे ९ गाेल : एम्बाप्पे र काभानीको ह्याट्रिक, नेयमारको २ गोल

पेरिस फ्रेन्च लिग बोन अन्तर्गत गएराति भएकाे खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले गुइग्याम्पमाथि फराकिलो जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले गुइग्याम्पमाथि ९-० गोल अन्तरको जित निकालेको हो ।


पिएसजीलाई जित दिलाउनका लागि किलियन एम्बाप्पे र एडिसन काभानीले ह्याट्रिक गरे भने नेयमारले २ गोल गरे । त्यस्तै गोमस म्युनियरले १ गोल गरे ।

११ औँ मिनेटमा नेयमारको गोलबाट अग्रता लिएको पिएसजीले पहिलो हाफमा ३ गोल बनायो भने दोस्रो हाफमा ६ गोल थपे । खेल अवधिभर ६८ प्रतिशत बल पिएसजीले आफ्नो कब्जामा राखेको थियो ।

३७ औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै पिएसजको अग्रता दोब्बर बनायो । पहिलो हाफकाे थप समयमा फेरी एम्बाप्पेले नै गोल गर्दै टोलीलाई ३-० को अग्रता दिलाए।

खेलको ५९ र ६६ औँ मिनेटमा पिएसजीका उरुगेली स्ट्राइकर काभानीले गोल गर्दै ५- ० गोलको अग्रता बनाए । नेयमारले ६८ औँ मिनेटमा व्यक्तिगत दोस्रो र टिमको लागि छैटौँ गोल गरे ।

खेलको ७५ औँ मिनेटमा काभानीले गोल गर्दै ह्याट्रिक पुरा गरे भने एम्बाप्पेले ८० औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । ७६ औँ मिनेटमा मैदान प्रवेश गरेका फुल ब्याक म्युनियरले ८९ औँ मिनेटमा पिएसजीको लागि नवौँ गोल गरे।

यो खेलसँगै पिएसजी फ्रेन्च लिगको १९ खेलमा अपराजित छ। १७ जित र २ बराबरीसँगै शिर्षस्थानमा रहेको पिएसजीको ५३ अङ्क छ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add