यो मन त मेरो नेपाली हो


विराज भट्टको जोडी मिस नेपाल निकिता चाण्डक /देखिने भए यी दुई चलचित्र ‘साङ्लो’ मा

एक्सन स्टार विराज भट्टले निर्देशनमा डेब्यु गर्न लागेको चलचित्र ‘साङ्लो’ मा २०१७ की मिस नेपाल निकिता चाण्डक लिड हिरोइनमा अनुबन्ध भएकी छन् । शुक्रवार साँझ निकिता र विराजबीच औपचारिक रुपमा कागजी सम्झौता भएको छ । अब फिल्ममा यी दुई जोडीको रुपमा देखिनेछन् ।
यसअघि निकिताले फिल्म ‘रानीमहल’ साइन गरेकी थिइन् । यो फिल्म आधा छायांकन नसकिँदै निर्देशक र निर्माताबीचको लफडाका कारण रोकिएपछि उनले केही हप्ता अगाडि मात्र ‘रानीमहल’ छाडेको बताएकी थिइन् । विराज स्वयंको अभिनय, निर्माण, निर्देशन र कथामा बन्ने फिल्म पूर्ण रुपमा एक्सनप्रधान हुनेछ । काठमाडौं, पोखरालगायतका स्थानमा खिचिने फिल्ममा नवराज शर्मा एडीको रुपमा रहनेछन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add