नेपाल आईडलकी उद्घघोषक तथा अभिनेत्री रिमा विश्वकर्मा र ‘मिटु’ बारे बोलेर चर्चामा रहेकी अभिनेत्री बेनिशा हमल बिचको सम्बन्ध बाहिर आएको छ । एक भिडियो मार्फत यि दुई अभिनेत्री बिच समलिङ्गी सम्बन्ध रहेको कुरा बाहिरिएको हो ।तर यो केबल भिडियोमा मात्र हो । चर्चित गायिका अन्जु पन्तको आवाजमा रहेको ‘मैले भुल्न खोजे पनि’ बोलको गीतमा रिमा र बेनिशा बिच समलिङ्गी सम्बन्ध रहेको देखाईएको छ ।
दर्पण यात्रीको शब्दमा गायिका अन्जु पन्तको आवाज रहेको गीतको भिडियो सार्वजनिक भएको छ जहाँ रिमा र बेनिशा समलिङ्गी सम्बन्ध रहेको देखाईएको छ । गीतमा बेनिशा एक मोटर साइकल मिकानिक हुन्छिन् र रिमा आफ्नो स्कुटर बनाउन जाने क्रममा यि दुईको भेट हुन्छ । त्यही भेट पछी नै यि दुई नजिकिन्छन् र प्रेममा पर्छन ।
गीतमा जितेन तामाङ लामाको संगीत रहेको छ भने पवन वाङ लामाको एरेन्ज रहेको छ । गीतको भिडियोलाई प्रबिण श्रेष्ठले निर्देशन गरेका हुन् । श्रेष्ठ आँफैले सम्पादन गरेको गीतलाई उत्तम हुमागाईले खिचेका हुन् ।
चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
0 comments:
Post a Comment