यो मन त मेरो नेपाली हो


अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्याे, भारतले पटक-पटक घटाउँदा नेपालले घटाएन

काठमाडाैँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर ओरालो लागे पनि नेपालमा भने इन्धन मूल्य आकाशिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै भारतको घरेलु बजारमा पेट्रोल र डिजेल सस्तिए पनि भारतबाटै आउने मूल्यमा भने कमी आएको छैन । भारतले पटकपटक मूल्य समायाेजन गर्दा नेपालमा दुर्इ महिनायता भने समायाेजन भएकाे छैन ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार ब्रेन्ट कच्चा तेलको मूल्य ६५।९ डलर प्रतिब्यारेल कायम छ । डेढ महिनाअघि कच्चा तेलको भाउ ८६।२९ डलर प्रतिब्यारल थियो ।

एक महिनामा कच्चा तेलको भाउ २३ प्रतिशतले घटिसकेको छ । यो अवधिमा भारतीय बजारमा पेट्रोल ६।१२ र डिजेल ४।१३४ भारु सस्तिए पनि नेपाल आयल निगमले भने मूल्य समायोजन गरेको छैन ।

निगमले तेल खरिद गर्दै आएको भारतीय आयल कर्पोरेसनले एक महिनायता हरेक दिन तेलको मूल्य घटाएपनि निगमले मूल्य समायोजन नगर्नुमा संशय पैदा भएको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add