यो मन त मेरो नेपाली हो


दुखद समाचार , धर्नामा बसेका निर्मलाका बुवा यज्ञराजको स्वास्थ्य गम्भीर, उपचारका लागि काठमाडौं पठाउने तयारी

कञ्चनपुर । छोरीको हत्यारा सार्वजनिक गर्न माग गर्दै धर्नामा बसेका निर्मला पन्तका बुवा यज्ञराजको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।

शारीरिक र मानसिक रुपमा स्वास्थ्य गम्भीर भएपछि जिल्ला प्रशासन कार्यालयले यज्ञराजलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी गरेको हो । परिवारको निर्णयपछि उनलाई उपचारका लागि काठमाडौं लैजाने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

धर्नामा बसेका यज्ञराजको शारिरिक तथा मानसिक रुपले स्वास्थ्य अवस्था विग्रिदै गएको छ । मानसिक अवस्था बिग्रिँदै गएपछि चिन्तित बनेका पन्तका परिवार तथा आफन्तहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालय समक्ष उपचारका बारेमा छलफल गरेको थियो । महाकाली अञ्चल अस्पतालले उनको शारीरिकभन्दा मानसिक समस्या बढेको जनाएको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add