यो मन त मेरो नेपाली हो


नेपालकी प्रथम नायिका भुवन चन्द थापाले बनाउदै फिल्म "साईनो "

काठमाडौँ : करिब तिन दशक अगाडि प्रदर्शनमा आएको सुपरहिट चलचित्र ‘साइनो’ को नाममा फेरी नयाँ चलचित्र बन्ने भएको छ । नेपालकी प्रथम नायिका भुवन चन्द थापाले चलचित्र निर्माण गर्ने भएकी हुन् । आइतबार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको औपचारिक घोषणा गरिएको छ । चलचित्र ‘साइनो’ मा सबैभन्दा अगाडि अभिनेत्री नीता ढुंगाना अनुबन्ध भएकी थिइन् । अब चलचित्रमा अभिनेत्री मिरुना मगरको पनि प्रवेश भएको छ । दुई अभिनेत्रीसँग नव-नायक राजकुमारले रोमान्स गर्ने भएका छन् । रमेश थापाले चलचित्र निर्देशन गर्नेछन् । चलचित्र सोमबार बाट छायांकनमा जाने छ ।
त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रमा शरण थापा कार्यकारी निर्मातामा रहेका छन् । अभिमन्यू ‘निरवी’ ले चलचित्रको कथा तयार पारेका हुन् । ‘साइनो’ मा भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनाली लगायतका कलाकारहरुको पनि मुख्य भूमिका रहनेछ । चलचित्रलाइ रामेश्वर कार्कीले छायांकन गर्नेछन । बनिश शाहको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहने चलचित्रमा रोशन विक्रम भट्टराईको द्वन्द्व,बसन्त सापकोटाको संगीत रहनेछ ।
काठमाडौं, काभ्रे, रसुवा, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक लगायतका स्थानमा चलचित्रको छायांकन हुने बताइएको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add