यो मन त मेरो नेपाली हो


चलचित्र पत्रकार संघ दाङ शाखाको स्थापन दिवसमा वृहत् साँस्कृतिक कार्यक्रम हुने

शिव पुन
श्रावण-१८ दाङ । चलचित्र पत्रकार संघ दाङ शाखाको स्थापन दिवसमा सहभागी हुन युवा स्टार पल शाह आगामी भदौ-४ गते दाङ आउने भएका छन् । हरेक वर्षको भदौ-४ गते विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाउदै आएको चलचित्र पत्रकार संघ दाङले यो वर्ष पनि राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरुको सहभागीतामा वृहत् साँस्कृतिक कार्यक्रम संगै विभिन्न विधामा पुरस्कार वितरण गरि संघको वार्षिकोत्सब मनाउने भएको छ।
 संघको वार्षिकोत्सब कार्यक्रममा युवा स्टार पल शाह संगै वरिष्ठ रंग पत्रकार एवं साहित्यकार शान्ति प्रिय ,चर्चित गायक कृष्ण काफ्ले ,गायिका सहिमा श्रेष्ठ सहितका राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकारहरुको सहभागीता रहने भएको छ।

संघको वार्षिकोत्सबमा यो वर्ष चलचित्र पत्रकार संघ दाङ शाखाका संस्थापक अध्यक्ष किशन रेग्मीले आफ्नो हजुरबुवाको नाममा स्थापना गर्नु भएको देवलोचन स्मृति चलचित्र पत्रकारिता पुरस्कार बाट जिल्लामा रहि चलचित्र पत्रकारितामा कलम चलाइरहेको १ जना रंग पत्रकारलाई ११ हजार १ सय ११ रुपैयाँ राशिको देवलोचन स्मृति पत्रकारिता पुरस्कार बाट सम्मान गर्ने गरिने छ । साथै चलचित्र क्षेत्रमा रहि कलाकारिताको माध्यम बाट दाङ जिल्लालाई देश-विदेशमा चिनाउन महत्त्वपूर्ण भुमिका खेल्ने राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ ।

संघले आज तुलसीपुरमा पत्रकार सम्मेलन गरि कार्यक्रमको बारेमा जानकारी गराएको छ। संघका अध्यक्ष ध्रुवराज न्यौपाने को अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सहभागीहरुले कार्यक्रमलाई भव्य र सभ्य बनाउन विभिन्न सल्लाह-सुझावहरु दिएका छन् ।संघका कोषाध्यक्ष शिव पुनको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका सचिव सन्तोष के.सी. ले गरेका थिए ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add