यो मन त मेरो नेपाली हो


काठमाडौंका सडकहरु- जसले राजधानी हुनुको गर्वलाई गिज्याइरहेको छ !

काठमाडौं । देशको राजधानीका सडकहरुको हालतले अहिले राजधानीवासी मात्र नभई काम परेर राजधानी आउनेहरु पनि आजित बनेका छन् । काठमाडौं उपत्यका भित्रका सडकहरु अवस्था जति वेहाल हुँदा पनि कहीं कतैबाट सुनुवाई भएको पाइदैन् । सडकमा बढी असारे असर देखिने हुँदा पनि काठमाडौंको सडकको कन्तविजोग हरेक बर्ष देखिदै आएको छ ।


राजधानीका अधिकांश सडकको अवस्था अस्तव्यस्त छन् । सडकहरु भत्काउन जेठदेखि नै शूरु गर्ने तर समयसीमा भित्र सम्पन्न नगर्ने यो पुरानै शैली हो । समयमा निर्माण र पूर्ननिर्माण नहुँदा निर्माणका लागि भन्दै भत्काईएका सडकहरुले नेपालीको काम गर्ने परम्परागत शैलीलाई सम्बोधन गर्दै आएको छ र सवैलाई गिज्याइरहेको छ ।
राजधानीका अधिकांश सडकको अवस्था भद्रगोल र गन्जागोल त छदैछ, त्यसमाथि दुर्घटनाको जोखिम पनि उत्तिकै बढाएको छ । सडकको निर्माण कार्य लामो समयदेखि अलपत्र परेपछि सर्वसाधारणले समेत सरकारको कार्यशैली प्रति प्रश्न उठाउने गरेका छन ।

अधिकांश स्थानमा ढलको पाइप विछ्याउने, मेलम्चीको पानी राजधानी भित्रउन र सडक विस्तार गर्ने भन्दै भत्काइएको छ । यद्यपि भत्काईएका सडक कहिले पूरा हुने हो भन्ने कसैलाई थाहा छैन् । आर्थिक मसान्तको मुखमा खुल्ने अधिकाशं निर्माणको ठेक्का संझौता भएपनि शूरुमा काम गरिरहेको जस्तो गर्ने र लामो समयसम्म कामलाई फत्ते नपारी अलपत्र छाड्ने गर्दछन । सडकको मध्य भागमा पारिएको र परेका भ्वाङहरुको समयमा मर्मत हुन नसक्दा सवारी चालकहरुले सास्ती व्यहोर्नु परेको छ ।

यसोत बर्खा लागेपछि बिकासे बजेट खर्चने परम्परा नेपालको लागि नयाँ भने होइन नै । अहिले बनेको सरकारले पनि पुरानो ढर्रालाई निरन्तरता दिएरहेको छ भन्दा अतिशयोक्ति नहोला । के असारे परम्परा तोड्न नहुने हो र ? त्यसैले असारमा खेतमा छाडेर सडकमा रोपाई गर्न पल्केकाहरुलाई र असारे प्रवृतिलाई अब भने रोक्नै पर्छ । srce: news24
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add