यो मन त मेरो नेपाली हो


यस्तो छ ‘नाई नभन्नु ल ५’को ट्रेलर (भिडियो)

यस्तो छ ‘नाई नभन्नु ल ५’को ट्रेलर (भिडियो)

नेपाली सिने क्षेत्रमा बढी बनेको र सफल सिक्वेल चलचित्र हो ‘नाई नभन्नु ल’ । यसै चलचित्रको पाँचौ सिक्वेल चलचित्र ‘नाई नभन्नु ल ५’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा मंगलबार एक कार्यक्रमको बिच चलचित्र ‘नाई नभन्नु ल ५’को ट्रेलर सार्वजनिक गरिएको हो ।सार्वजनिक ट्रेलरमा पारिवारिक कथा, प्रेम प्रसंग, पीडा, व्यथालाई उठान गरिएको छ ।
 भदौ ८ गते प्रदर्शन हुने ‘नाई नभन्नु ल ५’लाई विकास आचार्यले निर्देशन गरेका हुन् । यसअघि ४ वटै श्रृङ्खला हिट भैसकेका छन् ।निर्देशक विकास आचार्यले यो चलचित्रले ‘नाई नभन्नु ल २’को भन्दा बढी व्यापार गर्ने दाबी गरे । चलचित्रमा अनुभव र स्याड्रिनाको प्रेमलाई बढी महत्व दिइएको छ । नायिका प्रियंका कार्कीले विकासराज आचार्य आफ्नो परिवारकै मान्छे भएकाले पनि आफूले उहाँको चलचित्रमा काम गरेको बताइन् ।

 बाल-कलाकार अनुभव रेग्मीले दर्शकले आफूलाई ‘नाई नभन्नु ल’को हरेक श्रृङ्खलामा झनै बढी माया गरेको बताए । लेखक सामिप्याराज तिमिल्सिनाले दर्शकले हरेक श्रृङ्खलालाई माया गरेको भन्दै ‘नाई नभन्नु ल ११’सम्म बनाउने आफूहरुको योजना रहेको सुनाए ।चलचित्रमा निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अभिषेक नेपाल, अनुभव रेग्मी र स्याड्रिना शर्माको मुख्य भूमिका छ । वन टाइम सिनेमाको ब्यानरमा तयार भएको योचलचित्रमा बसन्त सापकोटाको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, अर्जुन जीसीको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, सामिप्यराज तिमिल्सिना र विकासराज आचार्यको लेखन छ । हरिबोल भण्डारी र गौरीराज जोशीको लगानी रहेको चलचित्रले यसपटक नायिका स्वस्तिमा खड्काको प्रेमकथा बोलेको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add