यो मन त मेरो नेपाली हो


शिल्पा पोखरेल र पृथ्वी राज प्रसाईंको मायामा बियर परेपछि (भिडियो)

राजधानीमा एक कार्यक्रम का बीच चलचित्र ‘वीराङ्गना’को दोस्रो गीत सार्वजनिक गरिएको छ ।गीतमा नायिका शिल्पा पोखरेल र नायक पृथ्वी राज प्रसाईंलाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।

‘तिम्रो हाम्रो मायामा बियर परेछ’ बोलको सार्वजनिक गीतमा दिपक शर्माको संगीत,रघु परियारको शब्द रहेको छ भने कृष्ण काफ्ले र रेश्मा पुनको स्वर रहेको छ ।सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गीतलाई रामेश्वर कार्कीले खिचेका हुन् ।
असार २९ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘वीराङ्गना’मा राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको छ । नारी प्रधान एक्शन लभ जनरामा निर्माण गरिएको चलचित्रमा शिल्पा र पृथ्वीका अलावा अनुपविक्रम शाही, प्रज्वल गिरी, प्रिया रिजाल, धिरेन शाक्य, सुशील पोखरेल, कृष्ण शिवाकोटी, ध्रुव कोइराला, अंशु थापा, अमृत सापकोटा लगायतको अभिनय रहेको छ ।

फोर्थ आई मुभिजको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले निर्माण गरेका हुन् । सुमी चामलिङ राई सह निर्माता रहेका छन् । वीराङ्गनाको यश अघि तिमी पुलिस म नि पुलिस बोलको गीत सार्वजनिक भइसकेको छ । फिल्ममा कविराज गहतराजको पनि नृत्य छ । यस्तै श्री श्रेष्ठको द्धन्द निर्देशन रहेको छ ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add