यो मन त मेरो नेपाली हो


पुर्णिमाको फिल्म "हिरोज"मा सदाबहार नायिका करिश्मा मानन्धर हिरो / ट्रेलर सार्वजनिक

आइतबार राजधानीमा एक कार्यक्रमको बिच चलचित्र ‘हिरोज्’को ट्रेलर सार्वजनिक गरिएको छ । चैत २३ गतेदेखि प्रदर्शनमा आउने ‘हिरोज्’लाई एनवी महर्जनले निर्देशन गरेका हुन् ।

नायिका तथा निर्मात्री पूर्णिमा लामा प्रेसमिटमै रुदै चलचित्र निर्माणमा आफुलाई सहयोग गर्ने एक एक व्यक्तिको नाम लिएकी थिन । ‘एउटा फिल्म बनाउँदै धेरै फिल्म बनाएको जस्तो अनुभव गर्न पाएँ, रुदै पूर्णिमाले भनिन्, ज जसो तसो गरी फिल्म बनाएको छु । जस्तो छ हेरिदिनु हुन् अनुरोध गरेकी छिन् ।’

यता लामो समयपछि फिल्ममा अभिनय गरेकी अभिनेत्री करिश्मा मानन्धरले हिरोजको स्क्रिप्ट फरक रहेको दाबी गरिन् । युवा बेरोजगारको विषयमा बनेको फिल्म करिश्माको भनाई थियो ।

।चलचित्रमा करिश्मा मानन्धर, जयकिसन बस्नेत, पूर्णिमा लामा, मुकेश ढकाल,संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीलगायतका कलाकारले अभिनय गरेका छन् । जयलक्ष्मी फिल्मस्को ब्यानरमा निर्मित ‘हिरोज’ को प्रस्तुतकर्ता लक्ष्मी लामा छिन् भने निर्मातामा युवराज लामा, शेखर लामा र संजोग राणा छन् ।

शिब ढकाल र रामशरण उप्रेतीले खिचेको फिल्म कमल राई, कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी छ । फिल्मको द्धन्द्ध शंकर महर्जनले निर्देशन गरेका हुन्। ‘हिरोज’ मा बेरोजगारीको पीडा, महिला हिंसा, राजनैतिक बिकृति, अन्याय बिरुद्धको आवाजका साथै प्रेमकथा प्रस्तुत गरिएको छ ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add