यो मन त मेरो नेपाली हो


होलीमा पुन 'संरक्षण' प्रर्दशन हुने / "यो पटक मौसमले साथ दिनेछ " निर्माण पक्ष

नेपाली चलचित्र संरक्षण रंगिन पर्व होलीको अवसर पारेर फागुन १७ गते बाट प्रर्दशन हुने भएको छ । गत साउन २७ गते प्रदर्शन गर्ने भनिएता पनि होलीको अवसरमा रिलिज गर्न लागिएको निर्माता नरेन्द्र मर्हजनले बताए । चलचित्र संरक्षण लाई  निर्देशक पुर्णेन्दु झाले निर्देशन गरेका छन्, । झाका अनुसार  जन आन्दोलन २०६२-६३ पछिको देशको सामाजिक, राजनीतिक  अवस्थाको पृष्ठभूमिमा आधारित पोलिटिकल ड्रामा जहाँ पहाडी , मधेशी थारु समुदाय बिचको व्यावहारिक र मनोबैज्ञानिक द्धन्दलाई चित्रण गरेको छ । चलचित्र ५ ओटा पी 'प्रहरी, पत्रकार, पब्लिक ,पावर र पोलटिकल' मा कथा घुमेको छ ।

पुर्णेन्दु प्रोडक्सन्स , द्वारिका उदय प्रोडक्सन,श्रीवास्तव फिल्म्स तथा हेटौडा मुभी मेकर्स टिमको  ब्यानरमा निर्मित नेपाली चलचित्र सरंक्षण फागुन १७ गते शुक्रबार बाट देशका विभिन्न सिनेमा घरहरु बाट प्रदर्शनमा आउने महर्जनले बताए ।

निखिल उप्रेती , सौगात मल्ल रमेश रंजन झा, मलिना जोशी, अशिष्मा नकर्मी , प्रमोद अगरहरी , कामेस्वोर चौरसिया, कृष्ण सिंह, रमेश बुढाथोकी , निर शाह, श्वेता शाह, नन्दु श्रीवास्तब , निर्देश श्रीवास्तव, राज कटुवाल तथा  सुशान्त श्रेष्ठको प्रमुख अभिनयको रहेको छ । यस चलचित्रको कथा रमेश रंजन झा र निर्देशक पुर्णेन्दु झा ले नै लेखेका हुन ।

डा कृष्ण हरि बराल , धर्मेंद्र प्रेमार्शी र रोशन जनकपुरीको शब्द रहेको  गीतहरु लाई संगीत भने प्रभेस मलिकले दिएका छन । पुरुषोत्तम प्रधानको सिनेमाटोग्राफी रहेको यस सिनेमामा सुरेन्द्र पौडेलको सम्पादन ,कविराज गहतराजको कोरियोग्राफर, र हिमाल केसीको द्वन्द रहेको छ । चलचित्र लाई एफडी कम्पनि र बि.के फिल्म्स र स्टेसन फाईबले वितरण गर्ने भएको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add