यो मन त मेरो नेपाली हो


सेलिनाको "दिल रानी " गीत हिट हुदै //


नेपाली सिनेमाको गीतमा पार्सब गायनमा पहिलो कोसिसबाट नै निकै राम्रो सफलता हासिल गरेकी गायिका सेलिना कुँवरको आवाज अहिले हिट छ ।  प्रदर्शनको क्रममा रहेको सिनेमा "नेप्टे" को "दिल रानी ...  बाट नेपाली सिनेमाको पार्सब  गायनमा डेब्यु गरेकी गायिका सेलिना कुँवरको आधुनिक गीत भने दर्जनौ बजारमा आईसकेको छ । संगीतकार सन्तोष राजको संगीत र गायक उदित नारायण झा संगको उनको स्वोर अहिले बजारमा हिट छ । 
सेलिना संगै गायक उदित नारायण झा लाई संगीतकार सन्तोष राजले पुन नेपाली सिनेमाको सांगीतिक आकासमा फर्काउन सफल भएका छन् । गत केहि दिन अघि सार्वजनिक भएको भएको ूदिल रानी ।।। बोलको गीत २४ घण्टा बित्न नपाउंदै डेढ लाख भन्दा बढी पटक हेरिसकिएको छ ।  त्यस्तै सिनेमाको सार्वजनिक गीत 'दिल रानी'' को छोटो समयामा थुप्रैले कभर भिडियो पनि बनाईएको सामाजिक संजालमा पाईएको छ ।
निर्देशक देब कुमार श्रेष्ठको निर्देशनमा बनेको सिनेमा लाई रोहित रुम्बाले  निर्माण गरेका हुन् । गीत् सार्वजनिक गर्ने समयमा नायक तथा निर्माता रोहित रुम्बा भनेको यतिखेर भारतमा छन् । एफ टि टि आई को आयोजनामा एक महिने बिसेस अभिनय तालिमको लागी रोहित अन्य १९ जना नेपाली कलाकारहरु संग भारतमा रहेका छन् ।  नायाक तथा निर्माता रोहित रुम्बा रा नायिका छुल्ठिम गुरुङ लाई फिचर गरिएको गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । निकै राम्रो डान्सको प्रस्तुति रहेको गीत भिडियो सगै अडियो पनि राम्रो रहेको प्रतिक्रिया युटुबमा आएको छ ।   
चैत ३० गतेलाई प्रदर्शन मिति कन्फर्म गरिएको फिल्मको गीतमा सन्तोष राजको संगीत, उदित नारायण झा र सेलिना कुँवरको स्वर रहेको छ ।  गीतमा यमनाथ मैनालीको  शब्द रहेको छ ।  
वुद्दि तामाङ, पुर्णिमा लामा, प्रनिशा सिलवाल, ए गुरुङलगायतका कलाकारहरुको पनि अभिनय रहेको फिल्मका निर्देशक देव कुमार श्रेष्ठ हुन् । किरण माइकलको पटकथा एवं संवाद फिल्ममा रहेको  छ । 

दिल रानीको अफिसल भिडियो 



कभर भिडियोका लिंक हरु 

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add