यो मन त मेरो नेपाली हो


बन्ने भयो ‘प्रदेशीको जिन्दगी’ / नायक सोहित मानन्धर संग नमिता खड्काको केमेष्ट्री

काठमाडौं । फिल्म ‘प्रदेशीको जिन्दगी’ शुभआरम्भ भएको छ । आइतबार कमदीमा एक कार्यक्रम गरी फिल्मको शुभआरम्भ भएको हो । फिल्म विदेशमा बसोबास गर्ने नेपालीको जीवनमा आधारित रहेको निर्माता साथै कलाकार राजन गुरुङले जानकारी दिए । नेपालमा धेरै फिल्म प्रदेशीको कथामा निर्माण भए पनि वास्तविकता उतार्न नसकेको दाबी गरे ।


उनले भने, ‘विदेशीएका नेपालीहरूको कथामा धेरै फिल्म निर्माण भएका छन् । तर, कुनैले वास्तविकता पस्कन सकेका छैनन् ।’ गुरुङ नेपालमा अघिकांश फिल्म फ्लव हुने गरेको बताए । यसले नयाँ पुस्तामा प्रत्यक्ष असर पर्ने उनको दाबी छ । उनले नेपालको फिल्म निर्माता र निर्देशकहरूलाई कटाक्ष गर्दै भने, ‘नापेमा अघिकाशं फिल्म फ्लव हुँदै गएको छ । म नेपाली फिल्ममा नयाँ युग सृजना गर्ने छु ।’  बिचारपाटी मिडियाको प्रस्तुतिरहेको फिल्मको निर्देशन विचल किराँतीले गर्ने छन् । फिल्ममा राजन गुरुङ, ध्रुबराज अधिकारी , नमिता खड्का ,युनिषा तामाङ, सोहित मानन्धर , , शशिकला राई , सोताङ तीर्थ , रम्त मिया लगायतका कलाकारले अभिनय गर्ने छन् ।   दिव्य राज सुबेदी र पवन गौतमले छायाँङन गर्ने छन् । भने, बुद्घ रार्इ र ओम सुनार को सङ्गीत रहने छ  । प्रियंका कार्कीले पनि अतिथि कलाकारको रूपमा अभिनय गर्ने छिन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add