यो मन त मेरो नेपाली हो


क्या रमाईलो /// देर आए दुरुस्त आए / पुजा र सुदर्शनको सिनेमामा अब जितु नेपाल को इन्ट्री

नायिका पूजा शर्मा र सुदर्शन थापाले मिलेर बनाउन लागेको चलचित्रको नाम भने तया भैसकेको छैन । चलचित्रको नामा तया नभए पनि कालाकारहरु भने धमाधम टुङ्गो लाग्न थालेको छ ।
उत्त चलचित्रमा जितु नेपाल अनुवन्धित भएको निर्देशक सुदर्शन थापाले जानकारी दिएका छन् । यस अघि नै चर्चित हाँस्य कलाकार केदार घिमिरे र विल्सन विक्रम राई ‘तक्मे बुढा’ र रविन्द्र झा पनि फाइनल भैसकेका छन् ।
केदार घिमिरे ‘माग्ने बुढा’ले १० लाख पारिश्रमिक लिएपछि त हंगामा नै भएको थियो । ४ जना हाँँस्य कलाकार चलचित्रमा अनुवन्धित भएपछि यो चलचित्रले दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन दिने कुरामा दुइमत छैन । चलचित्रका नायक अहिलेसम्म सार्वजनिक गरिएको छैन ।
माघको अन्तिम साताबाट चलचित्रको छायांकन सुरु गर्ने तयारी गरिएको चलचित्रमा अब केदार घिमिरे, विल्सन विक्रम राई, रविन्द्र झा, जितु नेपालको साथमा नायिका पूजा शर्माको मुख्य भूमिका रहने पक्का भएको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add