यो मन त मेरो नेपाली हो


१२ बर्षिय गायक निप्पोनको अचम्मका केटि फ्यानहरु

अस्ट्रियामा बसोबास गर्दै आएका नेपाली १२ बर्षिय गायक निप्पोन लामाले आफ्नो जीवनको पहिलो नेपाली गीत सार्वजनिक गरेका छन्। अंग्रेजी नयाँ बर्षको उपलक्षमा जनावरी १ मा सार्वजनिक गरिएको गीत हे गर्लको म्युजिक भिडियोमा उनको फ्यानहरुको प्रतिक्रिया र प्रेमभाव लाई देखाइएको छ।
 म्युजिक भिडियोमा १२ बर्षिय गायक निप्पोनको गीत सुन्दै आएको फ्यानहरु र उनि प्रति रहेको लगावलाई प्रस्तुत गरिएको छ। राहुल प्रधान निर्देशित यस म्युजिक भिडियोलाई फोटो पत्रकार नबिन बाबु गुरुङले छायांकन गरेका हुन् भने सुप्रिम पराजुलीको सम्पादन रहेको छ। विभिन्न चर्चित अंग्रेजी गीतहरुलाई कभर गर्दै आएका निप्पोनको यस गीतलाई भने उनकै बुबा तथा गायक शेखर च्यान लामाले लेखेका हुन्। शेखरका थुप्रै गीतहरु नेपाली सांगीतिक बजारमा चर्चित छन्। जिनियस डिजिटलले बजार प्रबर्दन गरेको यस म्युजिक भिडियो रिलिजको २ दिन मै धेरैको नजर परिसकेको छ भने राम्रा राम्रा प्रतिक्रियाहरु पाइरहेको छ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add