२ पौष, काठमाण्डौं । सोह्र वर्षमुनिको एसिसी पूर्व क्षेत्रीय क्रिकेटको उपाधिका लागि नेपालले आइतबार सिंगापुरसँग खेल्दैछ ।
खेल थाइल्याण्डको टेर्डथाई मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ । नेपालले शनिबार मलेसियालाई र सिंगापुरले हङकङलाई हराउँदै फाइनल भेट पक्का गरेका हुन् ।
दुवै टिम प्रतियोगितामा अपराजित छन् । समूह चरणमा नेपालले थाइल्याण्डलाई १ सय ३३ रनले हङकङ्गलाई ४ विकेटले र म्यानमारलाई ३ सय ३७ रनले हराएको थियो ।
यस्तै सिंगापुरले मलेसियालाई २९ रनले, भुटानलाई ७ विकेटले र चीनलाई ८ विकेटले हराएको थियो ।








0 comments:
Post a Comment