यो मन त मेरो नेपाली हो


‘गाँजाबाजा’ को रिलिज डेट फाइनल, ‘ह्याप्पी ह्याप्पी मुड’मा कलाकार

काठमाडौं । फिल्म ‘गाँजाबाजा’ले प्रदर्शन मिति तोक्दै गीत सार्वजनिक गरेको छ । छायाँकन सकिएको लामो समयसम्म पनि रिलिज हुन् नपाएको यो फिल्म अब यहि वर्षको फागुन २५ बाट दर्शकमाझ रिलिजमा आउने भएको छ ।
अहिले यसै फिल्मको ‘ह्याप्पी ह्याप्पी मुड’ बोलको गीत पनि निर्माण पक्षले रिलिज गरेको छ । यो गीत चल्तीमा रहेका गीत भन्दा फरक छ । निख एण्ड जटाको संगीत रहेको गीतमा जटावेदा बेनर्जीको स्वर छ ।

फिल्ममा अनुपम शर्मा, सुशील सिटौला, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, वर्षा सिवाकोटी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको अभिनय छ ।

डीआर फिल्मस र टुका इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको हो । गणेशदेव पाण्डेको लेखन तथा निर्देशन रहेको यो फिल्म विकासबोर्डको सेन्सर झमेलामा २ वर्ष देखि फसेको थियो ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add