यो मन त मेरो नेपाली हो


अब बिराट अनुष्काको हैन अब चर्चा गर्नुहोश दिशा पटानीको वेडिङ फोटोसुटको

एजेन्सी । अभिनेत्री दिशा पटानी बलिउडमा इन्ट्रि गरेकी खासै धेरै समय भएको छैन । तर, उनको फ्यान फलोइङ दिन प्रति दिने बढिरहेको छ । अहिले सम्म दिशा पटानीले दुई फिल्ममा मात्र काम गरे पनि राम्रा राम्रा फिल्महरुको अफर आईरहेको छ ।

उनले अभिनेता सुशान्त राजपुत फिल्म ‘एमएस धोनी’बाट फिल्मकी करियर सुरु गरेकी थिईन् । यसपछि उनले हलिउड सुपरस्टार ज्याकी चेनको फिल्म ‘कुङ्फु योगा’ काम गरिन् ।


फेरी उनलाई राम्रो फिल्मको अफर आइसकेको छ । अब उनी चाँडैनै अभिनेता टाइगर श्रफको फिल्म ‘बागी २’ मा देखिन लागेकी हुन् ।

यसै महिना अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराटकोहलीको बिहेको समाचारले बलिउडमा निकै स्थान पाएको थियो । त्यसोत, यो जोडीको अफेयरको समाचारले पनि निकै चर्चा पाउँथ्यो ।


यसैबिचमा अबको चर्चा अभिनेत्री दिशा पटानीको वेडिङ फोटोशुटले पुनः चर्चा पाउँदैछ । अहिले दिशा पटानीको वेडिङ फोटोशुटका केहि तस्विरहरु सोसल मिडियाहरुमा निकै चर्चा भईरहेको छ । त्यसोत, के दिशा पटानीले गुपचुप बिहे गरेकी हुन् त ?

तर, यो होइन की उनले बिहे गरिन् । दिशा पटानीको यो फोटोशुट मुम्बई बेष्ट ब्राइडल कम्पनीले गराएको हो । यो फोटोसुट सिर्फ स्टाइलिङ र बाँकीलाई सेवा दिनको लागि मात्र गरिएको हो ।

यो पनि तपाईलाई जानकारी गराउन चाहन्छौं की दिशा पाटानीले आफ्नो आगामी फिल्म ‘बागी २’ को शुटिङ पनि सुरु गरिसकेका छन् । यो कुरा अभिनेता टाइगर श्रफ र दिशा पटानी आफैले केहि दिन अघि जानकारी गराएका हुन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add